बझाङमा कुटिएका एक युवकको मृत्यु

धनगढी : बझाङमा कुटपिटमा परेर एक युवकको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–५ डिलबगरका २० वर्षीय अभिशेष थापाको मृत्यु भएको हो।

कात्तिक २ गते साँझ मृतक थापालाई स्थानीय युवाको समूहले कुटपिट गरेको थियो। कुटपिटबाट गम्भीर घाइते भएका अभिशेषको बझाङमा उपचार हुन नसकेपछि धनगढी ल्याइएको थियो।

धनगढीस्थित निर्सग अस्पतालले उनलाई सोमबार मृत घोषणा गरेको हो। घटनामा संलग्न रहेको भन्दै नेपाली सेनाका सिपाही प्रचण्ड थापा, सोही गाउँका अनिल थापा र खगेन्द्र जोशीलाई ३ गते नियन्त्रणमा लिएको बझाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...