लायन्स क्लब अफ अत्तरिया सिटीद्धारा भूकम्प प्रभावित क्षेत्रका लागि रक्तदान

अत्तरिया : कैलालीको अत्तरियामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घाइते भएकाहरूको उपचारका लागि सहयोगार्थ लायन्स क्लब अफ अत्तरिया सिटीले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

अत्तरिया बसपार्कमा आयोजित रक्तदान कार्यक्रममा अहिले जारी रहेको क्लबका अध्यक्ष तेज खड्काले जानकारी दिएका छन ।

भुकम्पका कारण घाईते भएकाहरूको उपचारका लागि रगत अभाव भैरहेकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन ।

Deep Jyoti Pustak psl
Loading...