कञ्चपुरमा लागुऔषधसहित एक भारतीय पक्राउ

अत्तरिया : कञ्चनपुरबाट लागुऔषधसहित एक भारतीय पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ हेल्डिङ सेन्टर रहेको स्थानबाट भारतको उत्तराखण्ड चम्पावत मिना बजार बस्ने धमेन्द्र सिँह सोमवार पक्राउ परेका हुन्।

यूके ०३ बी ८२६९ नम्बरको मोटरसाइकलमा नेपाल आउने क्रममा उनी ९ दशमलव ३३ ग्राम लागुऔषधसहित पक्राउ परेका प्रहरीले जनाएको छ। खैरोहिरोइनसहित उनी पक्राउ परेका हुन्।

उनको साथबाट एक थान मोटरसाइकल र एक थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...