कञ्चनपुरमा सर्पको टोकाईबाट ७५ वर्षीया महिला घाइते

कञ्चपुर : कञ्चनपुरमा सर्पको टोकाईबाट एक महिला घाइते भएकी छिन्।

जिल्लाको पुनर्वास नगरपालिका–१ बलभद्रबस्ती बस्ने ७५ वर्षीया लक्ष्मी तामाङलाई घरमा काम गर्ने क्रममा सर्पले टोकेपछि घाइते भएकी थिइन्।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कञ्चनपुरले जनाएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...