कञ्चनपुरबाट लागुऔषधसहित ३ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बेलौरी नगरपालिका– १० सडकघाटबाट ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका– २ बंक बस्ने २६ वर्षिय प्रदिप ऐरी र बेदकोट नगरपालिका– २ जडेपानी बस्ने २९ वर्षिय जनक बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार बागमती प्रदेश ०२ ०५० प ७३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषध सहित नियन्त्रणमा लिईएको हो । यस्तै शुक्लाफाँटा नगरपालिका – ३ बाट ८४ ग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश डगौरालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कानूनी कारबाही अघि बढाइएको प्रहरीले बताएको छ ।

Deep Jyoti Pustak psl
Loading...