डडेल्धुराको परशुरामका ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ

डडेल्धुरा : ज्यान मार्ने उद्योग मुद्दामा अदालतले सजाय तोकेका एक युवकलाई डडेल्धुरामा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला डडेल्धुरा, परशुराम नगरपालिका–१ का २१ वर्षीय लोकेश चन्दलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले मिति २०८२ साल कात्तिक १२ गते अमरगढी नगरपालिका–५ बागबजारबाट पक्राउ गरेको हो।

सम्मानित जिल्ला अदालत डडेल्धुराले चन्दलाई ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन कैद सजाय र सात हजार रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...