प्रतिभा पुस्तकालयको १६औं साधारण सभा सुरु

सभाबाट नयाँ नेतृत्व चयन हुँदै

अत्तरिया : कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको १६औँ साधारण सभा तथा ८औँ अधिवेशन सुरु भएको छ ।

आज (शनिबार) पुस्तकालयको हलमा सुरु भएको उक्त सभाको उद्घाटन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टि.एन. जोशीले गरेका हुन् । पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा आयोजिता कार्यक्रममा उपकुलपति जोशी प्रमुख अतिथी रहेका छन् ।

कार्यक्रममा पुस्तकालयका आजीवन सदस्यलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको छ भने सभाले आजै नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।

नेतृत्वको लागि आकांक्षीहरुले दौडधुप शुरु गरेका छन् तर सहमतिबाटनै सामाजिक संस्थाको नेतृत्व चयन गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । संस्थाका ५ सय ९१ आजिबन सदस्य रहेका छन् ।

पुस्तकालयको साधारण सभा पहिलो पटक गत भदौ ७ गते शनिबार बोलाइएकोमा उक्त दिन आवश्यक गणपूरक संख्या नपुगी स्थगित भएको थियो भने भाद्र २८ गते दोस्रो पटक बोलाइएकोमा देशमा फेरिएको परिस्थितिका कारण स्थगित गरिएको थियो । त्यस्तै असोज २५ गते बोलाइएको १६औं साधारण सभामा पनि आवश्यक गणपूरक संख्या नपुगी स्थगित हुन पुगेको थियो ।

Deep Jyoti Pustak psl
Loading...