अत्तरिया : कैलालीको अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्षमा भुपेश जोशी निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न मतगणना अनुसार जोशीले १ सय ७४ मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार उनका प्रतिद्वन्द्वी दिर्घराज भट्टले ९६ मत र यज्ञराज हमालले ४८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, उपाध्यक्षमा नरेन्द्रराज शर्मा निर्वाचित भएका छन् । शर्माले १ सय ९८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी टेकराज भट्टले १ सय १७ मत पाएका छन् । अध्यक्ष र उपाध्यक्षबाहेकका पदहरूमा सर्वसम्मत चयन भएको समितिले जनाएको छ ।
यसअघि सचिवमा धर्मसिं कुँवर, कोषाध्यक्षमा जयराज फुलारा र सह-सचिवमा हेमन्तराज जोशी निर्विरोध निर्वाचित भइसकेका थिए । कार्यसमिति सदस्यहरू पनि सहमतिबाटै चयन भएका हुन् । शेर सिंह खड्का, रामचन्द्र जोशी, तपराज ओझा र खिमा देवी ओझा निर्विरोध निर्वाचित भएका हुन् ।
आइतबार सम्पन्न मतदानमा ३ सय २५ मत खसेको थियो । संस्थाका ५ सय ९१ आजिबन सदस्य रहेका छन् ।
