डडेल्धुरा : डडेल्धुराको उग्रतारा मन्दिरमा आज देहिजाँत (दिउसेडी मेला) लाग्दै छ । यस वर्ष कात्तिक १८ गते रतेडी मेला लागेको उग्रतारा मन्दिरमा आज दोस्रो दिन १९ गते देहिजाँत (दिउसेडी मेला) लाग्ने भएको हो ।
छचोडा, खनमडा, दुमडा र जिलोडा नामक चार गाउँमा उग्रतारा भगवती माताको भ्राण (देउरो भण्डार) रहेको छ । ती चार गाउँबाट रतेडी मेलामा आज बिहान ४ बजेको समयमा देउरो मन्दिर पुगेकाले दिउँसोको देहिजाँत मेला सुरु भएको उग्रतारा मन्दिरका पुजारी पण्डित लोकराज भट्टले बताए ।
पण्डित भट्टका अनुसार, बिहान पूजाआजापछि भगवती माताको गाँज मन्दिरमा र विशेष चार स्थानमा बाजागाजासहित घुमाइन्छ । दिउँसो चार गाउँबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चार गाउँको भ्राणमा लगेर राखिएपछि मेला सम्पन्न हुनेछ ।
