कञ्चनपुरबाट अवैध सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–११ भुजेला, बेलौरी नगरपालिका–६ भुराकोट र दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ४६ हजार ६ सय बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीका बिडी, युरिया मल, मोबाइल कभर, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा सोमवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...