कञ्चनपुरमा अज्ञात पुरुषको शव फेला

कञ्चनपुर : कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–२ दैजीस्थित शंकर इँटा भट्टा नजिक पूर्व–पश्चिम राजमार्गको सडक कल्भर्टभित्र अज्ञात पुरुषको शव फेला परेको छ।

मङ्गलबार बिहान दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सडेको अवस्थामा शव भेटिएपछि वडा प्रहरी कार्यालयको टोलीले शव निकाल्ने कार्य सुरु गरेको छ।

मृतकको परिचय भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...