डोटीको सेतीमा ६४ वर्षीया एक वृद्धाको शव फेला

डोटी : डोटीको सेती नदीमा एक वृद्धाको शव फेला परेको छ।

बैतडीको सिगास गाउँपालिका– ५ खैरकोट घर भई हाल कैलालीको गौरीगंगा नगरपालिका– १० उदासीपुर बस्दै आएकी ६४ वर्षीया धनमती धामी सेती नदीमा मृत फेला परेकी हुन्।

डोटीको आदर्श गाउँपालिका बबिनास्थित सेती नदी किनारमा धामीको शव बग्दै गरेको अवस्थामा मंगलवार दिउँसो फेला परेको प्रहरीले जनाएको छ।

सिगासको भूमिराज मन्दिरमा लागेको जात्राबाट फर्कदै गर्दा उनी लडेको अनुमान गरिएको छ। घटनाका बिषयमा डोटी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Deep Jyoti Pustak psl
Loading...