डडेल्धुराको परशुराममा फरार एक युवक पक्राउ

डडेल्धुरा : बाल यौन दुव्र्यवहार मुद्दामा फरार डडेल्धुराका एक युवक पक्राउ परेका छन्।

जिल्लाको परशुराम नगरपालिका–४ कटाल बस्ने २२ वर्षीय प्रेम बहादुर बोहरा पक्राउ परेका हुन्। बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

जिल्ला अदालत डडेल्धुराको फैसलाले बाल यौन दुब्र्यवहार मुद्दामा ४ महिना १६ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएपछि बोहरा फरार रहेका थिए।

Deep Jyoti Pustak psl
Loading...