धनगढी : कैलाली हार्डवेयर संघको अध्यक्षमा पुनः कुबेर बहादुर शाही निर्वाचित भएका छन् । शनिबार धनगढीमा भएको कैलाली हार्डवेयर संघको १३औँ साधारणसभा तथा ५औँ अधिवेशनबाट शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द, उपाध्यक्षहरूमा बलबहादुर खड्का र जयप्रकाश चौधरी निर्वाचित भएका छन् । त्यस्तै संघको महासचिवमा धर्मराज जोशी, सचिवमा गणेश जोशी, कोषाध्यक्षमा सर्वण चौधरी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा प्रन्जल गुप्ता, सुरेन्द्र प्रसाद जोशी, चक्र सोडारी, डम्बर प्रसाद जैसी, यज्ञराज जोशी, संकर साउद, जय कुवार र बिरेन्द्र बोकटी निर्वाचित भएका छन् ।
अधिवेशनले संघको आगामी योजनाबद्ध कार्यक्रम, हार्डवेयर व्यवसायका चुनौती र समाधानका उपाय लगायतका विषयमा पनि विस्तृत छलफल गरेको थियो । नयाँ नेतृत्वले हार्डवेयर व्यवसायको प्रवद्र्धन, व्यापारीहरूको हकहित संरक्षण र संघलाई थप सक्षम र सक्रिय बनाउने प्रतिवद्धता जनाएको छ ।