कञ्चनपुरमा नहरमा डुबेर ७ वर्षीय बालकको मृत्यु

अत्तरिया : कञ्चनपुरमा एक बालकको डुबेर मृत्यु भएको छ।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ९ डाँडाकुन्डास्थित नहरमा डुबेर ७ वर्षीय एलेक्स बोहराको मुत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का केशब बोहराका छोरा एलेक्स मामाघर आएका थिए।

दसैँदेखि मामा घरमा रहेका उनी मङ्गलवार नहरमा डुबेका हुन्।

Deep Jyoti Pustak psl
Loading...