दार्चुलामा भिरबाट लडेर ८० वर्षीया वृद्धाको मृत्यु

अत्तरिया : दार्चुलामा एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ बन्डोलीकी ८० वर्षीय कृष्मा विष्टको भिरबाट लडेर मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार विष्ट सोही ठाउँस्थित नौलाबाटा भिरबाट २ सय मिटर तल खसेकी हुन।

मङ्गलवार उनको शव फेला परेको थियो। सोमवार घरबाट हराएकी विष्टको खोजीका लागि अस्थायी प्रहरी बित्थडा भरडकोट पोस्टबाट प्रहरी टोली गएको थियो।

प्रहरीले उनको शव फेला पारेको हो।

Deep Jyoti Pustak psl
Loading...