कञ्चनपुरमा ७० वर्षीय खाती मृत फेला By रेडियाे अत्तरिया On २०८२ मंसिर २, मंगलवार १७:०५ फाइल फोटो धनगढी : कञ्चनपुरमा एकजना मृत फेला परेका छन् । बेदकोट नगरपालिका–३ शान्तिपुर बस्ने ७० वर्षीय जयपुरे खाती मृत फेला परेका हुन्। सोही ठाउँस्थित नालीमा मंगलबार उनी मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।