कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार एक जना पक्राउ

कञ्चनपुर : लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ भदौ २३ गतेको फैसलाले लागूऔषध मुद्दामा ४ महिना कैद सजाय तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका–६ बनगाँउ बस्ने ३२ वर्षीय बिबेश बोगटीलाई प्रहरीले बुधवार पक्राउ गरेको हो।

बोगटीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको बताएको छ।

Deep Jyoti Pustak psl
Loading...