डडेल्धुरामा एक फरार प्रतिवादी पक्राउ

डडेल्धुरा : डडेल्धुरामा एक फरार प्रतिवादी पक्राउ परेका छन्।

बिना इजाजत बन्यजन्तु सम्बन्धि मुद्दामा फरार डडेल्धुराको अमरगढी नगरपालिका–१ तडिपाटा बस्ने ५० वर्षीय डम्बर ऐर पक्राउ परेका हुन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना इजाजत बन्यजन्तु सम्बन्धि मुद्दामा ६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकेपछि ऐर फरार रहेका थिए।

ऐरलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...