कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलाली जिल्लाको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–३ मिलनचोक र टीकापुर नगरपालिका–९ सोनाफाँटा स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३८ हजार ५ सय बराबरको सामान बरामद गरिएको छ।

उक्त मुल्य बराबरको कुर्ती, टोपी, मोजा, टेन्ट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–११ भुजेला र दोधारा चाँदनी नगरपालिका–३ कल्चुघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ५६ हजार बराबरको पेय पदार्थ, कष्मेटिक, इलेक्ट्रोनिक, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...