कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको २०८१ वैशाख २ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकेपछि फरार रहेका पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ३६ वर्षीय जोगराज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

चौधरीलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...