कृष्णपुर नगरपालिकामा पनि प्लास्टिकका फूलमाला बिक्रीवितरणमा रोक

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पनि प्लास्टिकजन्य पदार्थबाट बनेका फूलमालाको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ।

नगरपालिकाले तिहारको समयमा स्थानीय तथा प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्ने उद्देश्यले प्लास्टिकजन्य फूलमालाको बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले नगरपालिकाको मंगलबार बसेको बैठकले स्थानीय मखमली, गोदावरी, सयपत्रीलगायत फूलका मालाको प्रयोगलाई बढावा दिन प्लास्टिकबाट बनेका फूलमालाको बिक्रीवितरणमा रोक लगाएको बताए।

नगरपालिकाले सूचनाको उल्लंघन गरी प्लास्टिकबाट निर्मित फूलमाला बिक्रीवितरण गरिएको पाइएमा जफत गरी नियमानुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।

Deep Jyoti Pustak psl
Loading...