गोदावरीमा आजदेखि १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा नगर स्तरिय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको आज एक कार्यक्रमकाबिच नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । गोदावरी-२ अत्तरियास्थित दुर्गालक्ष्मी नमूना माविमा सञ्चालन भइरहेको प्रतियोगिता मंसिर १९ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा २१ संस्थागत तथा २२ सामुदायिक गरि नगरका ४३ ओटा विद्यालय सहभागी रहेका छन् । रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक शिवराज भट्टराईले प्रतियोगितामा ६ वटा विधामा प्रतिष्पर्धा गराइने बताएका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, उफ्रने र फ्याँक्ने (हाई जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो), मार्सल आर्ट (कराँते, तेक्वान्दो, उसु) खेल खेलाइने जनाइएको छ ।

oplus_0
Loading...