बैतडीमा १६ वर्षीया बिमला मृत फेला

अत्तरिया : बैतडीमा एक किशोरी मृत फेला परेकी छन्।

जिल्लाको मेलौली नगरपालिका–२ चमागाउँकी १६ वर्षीया बिमला चन्द मृत फेला परेकी हुन्।

आफ्नै घरको सुत्ने कोठामा बुधवार साँझ उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ।

बिमला मृत फेला परेपछि घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। उनी कक्षा १० मा अध्ययनरत थिइन्।

Deep Jyoti Pustak psl
Loading...