बैतडीमा भिरबाट लडेर २० वर्षीय किशोर घाइते

अत्तरिया : बैतडीमा भिरबाट लडेर एक किशोर घाइते भएका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका २ घमाली बस्ने २० वर्षीय राकेश कार्की लडेर घाइते भएका हुन्।

बुधबार दिउँसो धर्मघरबाट घर जाने क्रममा घमाली भिरबाट लडेर कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

भिरबाट लडेर २५ मिटर जति तल खसेका कार्कीको भित्री शरीरमा चोट लागेको छ भने खुट्टा र कानमा समेत चोट रहेको छ।

उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको खत्रीले बताए।

Deep Jyoti Pustak psl
Loading...