चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

कञ्चनपुर : चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना २७ वर्षपछि पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०५५ वैशाख २७ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र १२ हजार जरिवाना तोकिएको कञ्चनपुरको पुनर्वास नगरपालिका–३ बस्ने ६३ वर्षीय राम सिंह तामाङ पक्राउ परेका हुन्।

तामाङलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...