कञ्चनपुरका एक जना पक्राउ

कञ्चनपुर : चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८० माघ ३ गतेको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएपछि फरार रहेका कृष्णपुर नगरपालिका–२ बंक बस्ने १९ वर्षीय सुर्य प्रकाश थापा पक्राउ परेका हुन्।

थापालाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...