कञ्चनपुरबाट भन्सार छलीका खेलौना बरामद

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीका खेलौना बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६४ हजार २५० मूल्य बराबरका बिभिन्न किसिमका खेलौना प्रहरीले बरामद गरेको हो।

उक्त खेलौना लगायतका इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...