बैतडी र डडेल्धुरामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

अत्तरिया : बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका-१ गोरङकी १८ वर्षीया सुमिता बिष्टको भिरबाट लडेर मृत्यु भएको हो ।

शनिबार साँझ ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन् ।

यस्तै डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आलिताल गाउँपालिका– ७ राउजालीका २२ वर्षीय राजेश बिष्टको करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार साँझ मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

Loading...