कञ्चनपुरको एक विद्यालयलाई तीन लाख मूल्य बढीका सामग्री सहयोग

कञ्चनपुर : कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित असिग्राम माध्यमिक विद्यालयलाई ‘डेस्क–बेन्च’ सहयोग गरिएको छ।

कम्युनिटी सर्भिस नेपाल ललितपुरले विद्यालयलाई रु तीन लाख २० हजार बराबरका सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर ऐरले बताए। विद्यार्थी सङ्ख्या बढ्दै गएसँगै ‘डेस्क बेन्च’को अभाव देखिएपछि संस्थासँग सहयोगका लागि अनुरोध गरिएकामा सहयोग उपलब्ध भएको र यसले पठनपाठनमा सहज हुने उनले बताए।

संस्थाका संयोजक प्रकाश सुवेदीले ग्रामीण तथा सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले यस्तो सहयोग गरिएको बताए।

Deep Jyoti Pustak psl
Loading...