नेपाली युवा टोलीले आज बंगलादेशसँग खेल्दै

काठमाडौं : एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

जारी यू-१९ एशिया कपमा नेपालले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ। बंगलादेशले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अर्को खेल डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।

एकदिवसीय फर्म्याटमा भइरहेको एसीसी यू-१९ एशिया कपमा आइसीसीका पूर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनोट भएका थिए भने प्रिमियर कपबाट नेपाल र यूएई छनोट भएका हुन् ।

नेपाल रहेको समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ९० रनले पराजित गरेको थियो भने आयोजक यूएईले मलेसियामाथि ७८ रनको जित निकालेको थियो ।

Deep Jyoti Pustak psl
Loading...