कञ्चनपुर कारागारबाट निस्किएका ३५७ मध्ये ९८ कैदी अझै फरार

कञ्चनपुर : गत भदौ २४ गते साँझ जेनजी समूहको आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट निस्किएका ३५७ मध्ये अझै ९८ कैदी फरार रहेका छन् ।

जसमध्ये २९४ कैदीबन्दी आफैँ कारागारमा उपस्थित भएका थिए भने ६३ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार चलान गरेको थियो । फरार कैदीबन्दहिरुमध्ये लागुऔषधसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दी अत्यधिक रहेका छन्।

सूचना अधिकारी जीवन पन्तका अनुसार फरार रहेका कैदीबन्दीमध्ये ३२ जना लागुऔषधसम्बन्धी मुद्दाका रहेका छन् । यसै गरी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक भारतीयसहित २० जना कैदीबन्दी अझै फरार रहेको सूचना अधिकारी पन्तले बताए।

उनका अनुसार नौ जना कर्तव्य ज्यान मुद्दाक र आठ जना चोरीलगायत अन्य विभिन्न मुद्दाका २९ जना कैदी अझै फरार रहेका छन् । उनीहरूको खोजीका लागि प्रहरीलाई आग्रह गरिएको सूचना अधिकारी पन्तले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले फरार रहेका कैदीलाई विभिन्न माध्यमबाट खोजेर नियन्त्रणमा लिने कार्य भइरहेको बताएका छन्।

Deep Jyoti Pustak psl
Loading...