बैतडीमा झण्डै ९ लाख मूल्यका भन्सार छलीका कपडा बरामद

अत्तरिया : बैतडीमा प्रहरीले झण्डै ९ लाख मूल्यका कपडा फेला पारेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ८ लाख ९७ हजार ७५० मूल्य बराबरका भन्सार छलीका कपडा बेवारिसे अवस्थामा फेला पारेको हो ।

बिहीबार जिल्लाको दशरथचन्द नगरपालिका–४ छेलाबाट रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बरामद सामान महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको प्रहरीले बताएको छ ।

Deep Jyoti Pustak psl
Loading...