डोटीको जोरायलमा रुख काट्नेलाई ५० हजार जरिवाना

डोटी : डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ सिराड सामुदायिक वनमा रुख काटेको भन्दै ५० हजार जरिवाना तिराइएको छ।

सामुदायिक वनको ८ वटा उतिसको रुख काटेको पाइएकाले स्थानीय भक्तबहादुर पुन मगरले वन समूहलाई पचास हजार रुपैयाँ जरिवाना तिरेका हुन्। स्थानीयले वन समूहका अध्यक्ष योगेन्द्र गुरुङले मिलेमतोमा रुख काट्न लगाएको बताए पनि त्यसो नभेटिएको डिभिजन वन कार्यालय डोटीले जनाएको छ।

सामुदायिक वन क्षेत्रबाट विभिन्न साइजको आठ ओटा रुख काटिएको पाइएकाले वन समूहको विधान र कार्ययोजनाअनुसार समूहले ५० हजार जरिवाना असुल गरेको डिभिजन वन कार्यालयका डोटीका डिभिजनल वन अधिकृत गोकुल रिजालले बताए।

यस्तै, सामुदायिक वन समूहका अध्यक्ष गुरूङले रुख कटानीमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्। उनले रुख काट्ने स्थानीयबाट जरिवाना असुल गरिएको स्पष्ट पारेका छन्।

Deep Jyoti Pustak psl
Loading...