बैतडी : दुई दिनदेखि बेपत्ता रहेका बैतडीको शिवनाथ गाउँपालिका–२ सनकोट खाल बस्ने ५१ वर्षीय देवानसिंह साउद मृत फेला परेका छन् ।
यही पुस ९ गतेदेखि सम्पर्कविहीन रहेका उनी शुक्रवार स्थानीय गिठीखोला भिरमा मृत फेलापरेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । बुधवार स्थानीय बजारमा मासु ल्याउन गएका साउद घर नफर्केपछि खोजतलास गर्दै जाँदा शुक्रवार अपराह्न मृत फेलापरेको र मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक सुरज सिंह नेतृत्वको टोली घटनास्थलमा गएको र अनुसन्धान सुरु भएको जनाइएको छ । मृतकका श्रीमती, पाँच छोरा र एक छोरी छन् ।