अत्तरिया महोत्सवमा शनिवार दर्शकले महोत्सव स्थल भरिभराउ

अत्तरिया : कैलालीको अत्तरियामा पुुस ९ गतेबाट जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज (शनिवार) दर्शकहरूको उल्लेख्य सहभागिता भएको छ ।

शनिवार दर्शकहरूले महोत्सव स्थल भरिभराउ भएको थियो । जसका कारण आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेर केही समय टिकट काट्न समेत रोकिएको थियो ।

टिकट व्यवस्थापन संयोजक छविन्द्र नाथ योगीले शनिबार ९ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको बताए । शनिवार चर्चित र्यापर जी बबको प्रस्तुति तय गरिएको भए पनि मौसम खराबीका कारण फ्लाइट ल्यान्डिङ हुन नसक्दा प्रस्तुति स्थगित भएको छ ।

जी बबको प्रस्तुति आइतबारका लागि सारिएको आयोजकले जनाएको छ ।

अब आइतबार र्यापर जी बब सँगै चर्चित गायक हिमाल सागर, गायिका भूमिका गिरी, डान्सर लक्ष्मी साउद, गायक नरेन्द्र राज जोशी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Loading...