माटोको ढिस्कोले पुरिएर दार्चुलामा एक महिलाको मृत्यु

दार्चुला : दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार बस्ने २४ वर्षकी झुपा राना आफ्नो घरदेखि १ किलो मिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौड स्थित घर लिपपोतको लागी बुधवार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीएर गम्भिर घाइते भएकी थिइन्।

उनलाई उपचारको लागी गोकुलेश्वर अस्पताल गोकुलेश्वर, दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...