डडेल्धुरामा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

अत्तरिया : डडेल्धुरामा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले राति १० बजेपछि देउसीभैलो नखेल्न सुचना जारी गरेको छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा पटाका, अतिशवाजी जस्ता विस्फोटक पदार्थ ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ।

वातावरणलाई असर पार्ने कृत्रिम फूलमाला प्रयोग नगर्न, जुवा, तास र खडगडे जस्ता क्रियाकलाप नगर्न नगराउन पनि सूचनामा उल्लेख गरिएको छ।

Loading...