डडेल्धुराको परशुराममा मलामी गएका एक जनाको डुबेर मृत्यु

डडेल्धुरा : डडेल्धुरामा मलामी गएका एक वृद्धको डुबेर मृत्यु भएको छ।

डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउ स्थित महाकाली नदीमा परशुराम नगरपालिका–९ बस्ने ६० वर्षीय इन्द्रबहादुर बोहरा मलामी गएको अवस्थामा महाकाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। नुहाउने क्रममा पानीमा डुबेर बोहरा बिहान ११ः१५ बजे शुक्रवार बेपत्ता भएका थिए।

इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले खोजलतास गर्ने क्रममा सोही दिन १२ः१० बजे परशुराम नगरपालिका–६ कुडा स्थित महाकाली नदी किनारमा पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...