कैलालीबाट दुर्लभ अजिङ्गरको उद्धार

अत्तरिया : कैलालीमा बिहीवार अजिङ्गरको उद्धार गरिएको छ।

जिल्लाको कैलारी गाउँपालिकाबाट दुर्लभ अजिङ्गरको उद्धार गरिएको हो। बिहीवार राति कैलारी गाउँपालिका–५ बिसनपुर गाउँमा पसेको दुर्लभ अजिङ्गरको उद्धार गरिएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ।

गाउँमा आएको अजिङ्गरलाई स्थानीयले उद्धार गरेर इलाका प्रहरी कार्यालय हसुलियाको जिम्मा लगाएको थियो। प्रहरीले अजिङ्गरलाइ जङ्गलमा छोडेको जनाएको छ।

Loading...