अत्तरिया : भारतबाट ल्याएको फूलको माला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल सरकारले सार्वजनिक सूचना जारी गरि र धनगढी उप–महानगरपालिकाले पनि सार्वजनिक सूचना गरेर भारतबाट फूल आयात नगर्न आग्रहका गरेका थियो।
उक्त कुराको अटेरी गर्दै बिहीवार धनगढीमा फूल ल्याइरहेको भेटेपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
करिब एक सय के.जी. फुलको माला नियन्त्रणमा लिएको शसस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएको फूलको माला भन्सार कार्यालय बुझाएको छ।