कञ्चनपुर : कञ्चनपुरमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक विरन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदलयात्रीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका ती पुरुषको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको र मृत्यु भएका पुरुषको पहिचान नखुलेको प्रहरीले बताएको छ ।
