कञ्चनपुर : बहु बिवाह मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले बहु बिवाह मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको लालझाडी गाउँपालिका–५ देखतभुली बस्ने ४५ वर्षीय सुरत कठायत पक्राउ परेका हुन्।
कठायतलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ।
