गोदावरी-१ बनखेतका १२ वर्षीय धिरज बेपत्ता

खोजीका लागि सहयोगको अपिल

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका-१, बनखेतस्थित सशस्त्र बाहिनी पछाडि बसोबास गर्दै आएका १२ वर्षीय धिरज नेपाली बेपत्ता भएका छन् ।

परिवारका अनुसार धिरज यही माघ १२ गते विद्यालय जान्छु भनी घरबाट निस्किएका थिए । तर त्यसपछि उनी घर फर्किएनन् र अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

परिवारका अनुसार धिरज साथीहरूको लहैलहैमा लागेर घरबाट निस्किएको आशंका गरिएको छ । उनका साथमा गएका दुई जना साथीहरू भने भारतको महाराष्ट्र राज्यको रत्नागिरीमा फेला परेका छन् । तर धिरज भने उनीहरूसँग नरहेको खबर प्राप्त भएको परिवारले जनाएको छ ।

धिरजको खोजीका लागि परिवारले स्थानीयवासी, प्रहरी प्रशासन तथा सरोकारवाला निकायसँग सहयोगको अपिल गरेका छन् । धिरजको बारेमा कसैले कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गर्न अनुरोध गरिएको छ ।

Deep Jyoti Pustak psl
Loading...