कैलालीमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने, शान्ति सुरक्षामा असर पुर्याउने कार्य नगर्न सुचीत
अत्तरिया : कैलालीमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह गरेको हो ।
त्यस्तै, पटाका, अतिशवाजी जस्ता विस्फोटक पदार्थ उत्पादन, ओसारपसार, विक्री वितरण र प्रयोग नगर्न भनिएको छ ।
मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा झैझगडा होहल्ला गरी शान्ति सुरक्षामा असर पुर्याउने कार्य नगर्न पनि सूचनामार्फत जानकारी गरिएको छ।