भारतको दुधुवामा मोटरसाइकल दुर्घटना, कञ्चनपुरका युवकको ज्यान गयो

धनगढी : सोमवार भारतको पलियाबाट धनगढी आउने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक युवको ज्यान गएको थियो।

भारतीय प्रहरीका अनुसार सोमवार पलिया–दुधुवा सडकमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने युवक कञ्चनपुरका भएको खुलेको छ। स्थानीय थानाका प्रभारी पंकज त्रिपाठीका अनुसार धनगढीतर्फ आइरहेको मोटरसाइकल दुधुवा टाइगर रिजर्वस्थित सहेली नदी नजिक दुर्घटनामा परेको हो।

तीव्र गतिमा रहेको मोटरसाइकल रुखमा ठोक्किएर दुर्घटना हुँदा बाइकमा सवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ घर भएका पुष्पराज भट्टको ज्यान गएको कैलाली प्रहरीले जनाएको छ।

तर मोटरसाइकल र युवको उमेरसहितको पहिचान नखुलेको कैलाली प्रहरीले जनाएको छ। भारतीय प्रहरीले दुर्घटना लगत्तै युवकको शव स्थानीय अस्पतालमा पु¥याएको तर मृतकको पहिचान नखुलेको बताइएको थियो।

कञ्चनपुर प्रहरीले भने घटनाबारे कुनै जानकारी नआएको बताएको छ।

Deep Jyoti Pustak psl
Loading...