डोटीका एक युवक मृत फेला

डोटी : मामाघरबाट घर हिडेका डोटीका एक युवक मृत अवस्थामा फेला परेका छन्। डोटीको शिखर नगरपालिका११ बारबाटा बस्ने २४ वर्षीय सन्तोष रोकाया मृत फेला परेका हुन्।

मंगलवार साँझ ६ बजेको समयमा सोही नगरपालिका १० बान्डुङ्ग्रीसैन मामाघरबाट घर जान्छु भनी हिडेकोमा घरमा नपुगेको हुँदा आफन्तहरुले खोजतलास गर्दै जाँदा बुधवार साँझ ४ः१० बजेको समयमा सोही नगरपालिका ८ गोल्मागाड स्थित खोलाको किनार पानीमा रोकाया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट अनुसन्धान भईरहेको बताएको छ।

Deep Jyoti Pustak psl
Loading...