टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्डको विजयी शुरुआत

काठमाण्डौ : आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजयी शुरुआत गरेको छ ।

अफगानिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य न्युजिल्यान्डले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका टिम साइफर्टले ६५ रन बनाए । अफगानिस्तानका मुजीब उर रहमानले २ विकेट लिए ।

यसअघि भारतको चेन्नईमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो । अफगानिस्तानका गुलबदिन नैबले ६३ रन बनाए । न्युजिल्यान्डका लकी फर्गुसनले २ विकेट लिए ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् ।

‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

Loading...