कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैया स्थित चौधर नदीको पक्की पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ।

मंगलबार बेदकोट नगरपालिका–१० हरपल बस्ने ३५ वर्षीय बिनोद चौधरीले पुलबाट हाम फालेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सुडाबाट खटिएको टोली घटनास्थल पुगेको थियो।

गम्भीर अवस्थामा भेटिएका उनलाई तत्काल एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...