कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का १४ वर्षीय एक बालक वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा पुनर्वास नगरपालिका–६ स्थायी घर भएका अमरराज जोशी र रूपा जोशीका छोरा आयान जोशी रहेका छन् । परिवारका अनुसार आयान जोशी नेपाल–भारत सीमा क्षेत्रको गौरीफन्टा नाका सम्म पुगेपछि सम्पर्कविहीन भएका हुन् ।
आयान जोशी नेपालको स्थानीय डोकेबजार क्षेत्रबाट भारतको गौरीफन्टा नाकासम्म पुगेका र त्यसपछि फोन सम्पर्क हुन नसकेको उनकी आमा रूपा जोशीले जानकारी दिइन् । उनका अनुसार आयान जोशी गत बुधबार मदन जोशी नाम गरेका आफ्ना साथीसँगै डोकेबजार क्षेत्रसम्म पुगेका थिए ।
त्यसपछि उनी वेपत्ता भएका हुन् । आयानको साथमा एक थान मोबाइल फोन पनि रहेको बताइएको छ । घटनापछि परिवारले बालकको खोजीका लागि सबैमा सहयोगको आग्रह गरेको छ ।
आयान जोशीलाई देखेमा वा उनको बारेमा कुनै जानकारी प्राप्त भएमा नेपाली सम्पर्क नम्बर ९८६२२७१८१८ वा भारतीय नम्बर ९०१९१२०८६९ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।
